भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको सहज जित

एजेन्सी । घरेलु टिम भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।
भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जासन रोयले ४९ रन जोड्दा जोस बटलरले २० रन बनाए ।
जोनी बेयर्स्टोले अविजित २६ रन बनाए । डाविड मालन २४ रनमा अविजित रहे । भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । भारतका श्रेयस एयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै ऋषव पन्तले २१ रन जोड्दा हार्दिक पाण्डयले १९ रन बनाए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए । जितसँगै इंग्ल्यान्डले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
प्रतिक्रिया