आइतबार, जेठ ६, २०८१

मकवानपुरमा दुर्घटना : तीन जनाको ज्यान गयो, १० जना घाइते

नेपालखोज २०७७ फागुन २९ गते ९:३४

मकवानपुर । मकवानपुरमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मकवानपुरको मनहरि गाउँपालिका–६ सुनाचुरीमा शनिबार बिहान ३ बजे वीरगन्जबाट चितवनका लागि छुटेको ना ४ ख ५१४९ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको ना ६ ख ८९ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बस चालक वीरगन्ज–१५ का ३५ वर्षका मदनकुमार थापा, बसमा रहेका भारत सिस्वाका ४० वर्षका अभयलाल कुश्वाह र भारत विहारका ४० वर्षका सुनिलकुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले बताए ।

घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक थापा र सुनिलकुमारको उपचारको क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौँडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया