शनिबार, जेठ ४, २०८२

मृत अवस्थामा फेला

नेपालखोज २०७७ चैत १ गते १०:३५


काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित हंशमण्डप जंगलमा हाल नाम थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।


यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ स्थित मालुङ्गबाट साङ्ला जाने बाटोको सडक मुनि रहेको बाँसको झ्याङमा मोरङ बेलबारी घर भएका २५ वर्षीय आशिस लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् ।


ललितपुर, ललितपुर महानगरपालिका–१५ खुमलटार राउत गाउँ बस्ने ४२ वर्षीय कृष्णहरि राउत आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित सडकको नालामा कन्चनपुर भिमदत्त नगरपालिका–५ बनगाउँ बस्ने ५२ वर्षीय मोहन चन्द शनिबार मृत अवस्थामा फेला परेका छन् ।


भोजपुर, पौवादुम्मा गाउँपालिका–१ श्यामशिला बस्ने ५० वर्षीय भविन्द्र वहादुर तामाङ सोही ठाउँस्थित उत्तिस बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।


चितवन, राप्ती नगरपालिका–५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा अन्दाजी ५१ वर्षीय पुरुष शुक्रबार मृत अबस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया