एमाले संसदीय दलको बैठकमा वामदेव सहभागी, नेपाल-खनाल समूह अनुपस्थित
नेपालखोज
२०७७ चैत ७ गते १२:४१

काठमाडौं । सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए । त्यो बैठकमा उपाध्यक्ष गौतम सहभागी भएका थिएनन् ।
सम्बन्धित
प्रतिक्रिया