सोमबार, असार २३, २०८२

जावा–पेराक नेपालका सबै शोरूम उपलब्ध

नेपालखोज २०७७ चैत ७ गते १५:१७

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सनेछन् तथा अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन् । जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङका प्रस्तुत गरिएको थियो तथा यसको डिजाईन र प्रदर्शनको कारण मोटरसाइकल शोखिनहरूको मन जित्न सक्षम भएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याइ, सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ । जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ ।

जावा पेराकको सुरुवाती मूल्य रु ७,५०,००० रहेको छ । हामी पेराक अनलाइन पनि आधिकारिक वेबसाइट डब्लु डब्लु डब्लु डट जाभा मोटरसाईकल्स डट कम मा बुक गर्न सक्छौं । बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक श्री शरद मिश्रले भने, “सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरू – जावा र जवा फोर्टी टु–भन्दा बिलकुलै फरक देखिन्छ र यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्ने हुनसक्नेछ भन्नेमा हामी निश्चित छौं । सहर र राजमार्गहरूमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनु भन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकिलप्रेमीहरूमाझ सफल हुनेमा हामी विश्वस्त छौं । ”

प्रतिक्रिया