स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमण बढेको छ, र्याली-सभा नगर्नू
नेपालखोज
२०७७ चैत ८ गते १८:२४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा, जुलुस, र्याली, भेला, गोष्ठी भिड नगर्न सर्वसाधारणमा अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै नेपालमा संक्रमण बढ्न सक्ने भएकाले सभा, जुलुस, र्याली, भेला, गोष्ठीलगायत भिड हुने व्यवसाय र काम नगर्न र नगराउन अनुरोध गरेका छन् ।
“सामाजिक भौतिक दूरी, अनिवार्य र उचित प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पालना गरी कोभिड-१९ को संक्रमण रोकथाममा सहयोग पुर्याउन सरोकारवालाहरुसँग अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
प्रतिक्रिया