शनिबार, असार ७, २०८२

नेपालबाटै डलरमा विदेशी वस्तु तथा सेवा खरिद गर्न सकिने

नेपालखोज २०७७ चैत ९ गते १४:५८

काठमाडौं । अनलाईन मार्फत बिदेशबाट बस्तुु तथा सेवा खरिदको लागि प्रिपेड कार्ड जारी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको बिदेशी बिनिमय बिभागले बाणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकहरुको सुचना जारी गर्दे यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो व्यवस्था अनुसार बस्तुु तथा सेवा खरिद बापतको भुक्तानी गर्न अनुुमती प्राप्त बाँणिज्य बैंकहरु र राष्ट्रिस्तरका बिकास बैंकहरुबाट बार्षिक अधिकतम ५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य बिदेशी मुुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने छ । यसकालागि राष्ट्र बैंकले तोकेका शर्तहरुको पालना गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकको बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिईएको हो ।

प्रतिक्रिया