माओवादी केन्द्रको स्थायी कमिटी बैठक मङ्गलवार
नेपालखोज
२०७७ चैत ९ गते १८:५८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक मङ्गलवार (भोलि) बस्ने भएको छ । मङ्गलवार बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र सत्ता साझेदारीको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने एक सदस्यले बताएका छन् ।
स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आउँदो कार्ययोजना लगायतबारे पनि छलफल हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया