मेलम्चीकाे पानी सिधै पाइप लाइनबाट अढाई तलासम्म पुग्छः खानेपानी तथा सरसफाइ मन्त्रालय

काठमाडाैं । मेलम्चीकाे पानी पाइप लाइनबाट सिधै ७ मिटर अर्थात् अढाई तले घरसम्म वितरण गर्न सकिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएकाे छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।
यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ ।
दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।
प्रतिक्रिया