मंगलबार, वैशाख १६, २०८२

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

नेपालखोज २०७७ चैत १२ गते ७:३८

काठमाडौं । कोभिडको संक्रमणदर बढ्दै जादा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ । प्रशासनले सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्क प्रयोग र स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

प्रशासनले बुधबार विज्ञप्ति निकाल्दै कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको हो । ‘सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ,’ विज्ञप्ति भनिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गरेको छ । कोरोना संक्रमण बढ्दो भएकाले सर्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न र सामजिक,सांस्कृतिक मर्यादा अनुसार खेल्न र सामजिकरभौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया