शनिबार, असार ७, २०८२

वीरगंज तरकारी तथा फलफुल बजारमा माछापुच्छ्रे बैंकको युआर कोड सेवा

नेपालखोज २०७७ चैत १२ गते १३:५२

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैकले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्तरुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुुन ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन ।

डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधा हुनेछ ।

प्रतिक्रिया