आफ्ना मुद्दालाई सत्ता-स्वार्थका निम्ति मोलतोलको साधन नबनाउन भट्टराईको चेतावनी
नेपालखोज
२०७७ चैत १३ गते १०:०३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःसर्त रिहाइ गर्न माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चोधरीको रिहाइका लागि जससपाले सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहेका बेला पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईलले यस्तो धारणा राखेका हुन ।
उनले सामाजिक सञ्जालमा लेख्दैं आफ्ना मुद्दालाई सत्ता–स्वार्थका निम्ति मोलतोलको साधन नबनाउन चेतावनीसमेत दिएका छन ।
थारूलगायत उत्पीडितको पहिचान र अधिकारसहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत अडान रहेको उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया