मंगलबार, वैशाख १८, २०८१

मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जना पक्राउ

नेपालखोज २०७७ चैत १३ गते १३:१८

पर्सा । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–११ का २१ वर्षीय दिपक महतो, १९ वर्षीय रबिन्द्र महतो र पर्सा पोखरिया नगरपालिका–१ का २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।

प्रहरीले उनीहरुले चलाई ल्याएको पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा नम्बर प्लेट र बिलबुक समेत नभएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उक्त मोटरसाइकल उनीहरुले चोरी गरी ल्याएको खुलेको थियो । उनीहरु उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया