मंगलबार, वैशाख ३०, २०८२

थ्री नेशन्स कप फुटबल : नेपालले आज बंगलादेशको सामना गर्दै

नेपालखोज २०७७ चैत १४ गते ७:४८

काठमाडौं । थ्री नेशन्स सिरिज अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने दाउमा रहनेछ ।

खेल साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरिसकेको छ । बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १–० ले विजयी भएको थियो ।

किर्गिस टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले भने फाइनल पुग्न बंगलादेशसँग पनि कम्तिमा बराबरी गर्नुपर्ने हुन्छ । यदि हार व्यहोरेको खण्डमा खेलको समीकरणमा भर पर्नुपर्ने हुन्छ ।

फिनिसिङमा कमजोर मानिदै आइएको नेपाल आज बंगलादेशमाथि जित निकाल्ने दबाबमा रहेको छ । घरेलु मैदानमा उत्साह थप्न यस पक्षलाई सुधार गर्दै सकारात्मक नतिजा निकाल्ने आशामा समर्थकहरू रहेका छन् । सिरिजको फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रतिक्रिया