शनिबार, वैशाख १३, २०८२

भाइरस सङ्क्रमण रोकथामको लागि सुदुरपश्चिम नाकामा एन्टिजेन परीक्षण

नेपालखोज २०७७ चैत १४ गते १२:४९

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्‍चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम भइरहेको छ। कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए/नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ।

व्यक्तिमा कोरोना भए/नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थीले बताए। ‘यो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने आरडिटी पिसिआर विधिजस्तै मानिन्छ। तर कुन भाइरस हो भन्‍ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजिटिभ आउने व्यक्तिको पुनः आरडिटी पिसिआर पद्धतिबाट परीक्षण गर्नैपर्ने हुन्छ,’ उनले भने। 

एन्टिजेन विधिबाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ।

प्रतिक्रिया