बन्ने हो भन्सार एजेन्ट ? ६६० एजेन्टका लागि खुल्यो आवेदन !

काठमाडौं । भन्सार विभागले ६६० जना भन्सार एजेन्ट थप गर्ने भएको छ । यसका लागि विभागले आज सूचनासमेत प्रकाशन गरेको छ । स्नातक उत्तीर्ण गरी तीन महिना कम्प्युटर तालिम लिएका व्यक्तिले भन्सार एजेन्टका लागि आवेदन दिन पाउनेछन् । एजेन्टका लागि २१ वर्ष पुगेका नेपाली नागरिकले तीन हजार रुपैयाँ तिरेर प्रतिस्पर्धा गर्न पाउनेछन् ।
विभागको सूचनाअनुसार योग्य नेपालीले एजेन्टका लागि वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन् । तर, दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच सहयोगीका रुपमा काम गर्नेछन् । दुई दशकपछि भन्सार एजेन्ट थप हुने भएका हुन् । परीक्षाका लागि पाठ्यक्रमसमेत तयार भइसकेको विभागले जनाएको छ ।
हाल नेपालमा १७० जना एजेन्ट र ती एजेन्टले नियुक्त गरेका प्रतिनिधिहरुको संख्या भने ३५० जना छन् । अब ६६० जनाको पदपूर्ति भएसँगै भन्सारमा हुने ढिलासुस्ती पनि सहज हुने विभागले विश्वास लिएको छ ।
यस्तो छ विभागले निकालेको सूचना :

प्रतिक्रिया