अझै केही दिन वायुमण्डल स्थिर, सतर्कता अपनाउन अपिल
नेपालखोज
२०७७ चैत १७ गते ६:५०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केहि दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । गएको शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै केहि दिन प्रदूषण कायम रहने विभागले जनाएको छ ।
विभागले विज्ञप्ति निकालेर तीन दिनपछि वायुमण्डल केही चलायमान हुने देखिए पनि प्रदूषण हट्नका लागि त्यसपछिको डढेलोको अवस्था, वर्षा वा बलियो हावाहुरी आउनेरनआउनेमा भर पर्ने जनाएको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको हावा स्वास्थ्यका लागि घातक रहेकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र सावधानीका उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ । वायु प्रदूषण बढेसँगै सरकारले देशैभरका विद्यालय आउँदाे चार दिनका लागि बन्द गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया