चिनियाँ नागरिकको गहना लुटपाट
नेपालखोज
२०७७ चैत १७ गते १५:०५

काठमाडौं । चिनियाँ नागरिक युन जो मेनको कोठाबाट सुनका गहना लुटपाट भएको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल डेरा गरी बस्ने ३४ वर्षीया चिनियाँ नागरिकको कोठाबाट २ तोला बराबरका सुनका गहना लुटपाट भएको हो ।
अपरिचित चार जना नकावधारी व्यक्तिहरूले उनका दुईजना नेपाली नातेदारहरूलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर उक्त गहना लुटी फरार भएको बताइएको छ । उक्त खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटेराहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया