शनिबार, जेठ ४, २०८२

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखोज २०७७ चैत २० गते २०:४८

दाङ । दाङमा शुक्रवार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दाङको तुलसीपुरदेखि भालुवाङका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बास लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटना २७ यात्रु घाइते भएका छन् । दुर्घटना ज्यान गुमाउनेको पहिचान भइसकेको छैन ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरूलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया