शनिबार, वैशाख १३, २०८२

भारतमा एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ चैत २३ गते ११:१५

काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।

प्रतिक्रिया