सामान्य अंकले बढेर रोकियो नेप्से

काठमाडौं । अघिल्लो दिन दुई अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार सामान्य अंकले बढेको छ । नेप्से आज दुई दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २८ अंकले घटेर चार सय ७६ दसमलव ५१ अंकमा झरेको छ ।
दुई सय सात वटा कम्पनीहरुको ७१ हजार दुई सय ४१ पटकको कारोवारमा एक करोड ३३ लाख ७६ हजार कित्ता सेयर खरिद बिक्री भएकोमा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार छ सय ८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ८९ अंकले बढेर १८ सय २० दशमलव ९५ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ९१ दशमलव ९८ अंकले बढेर १७ हजार दुई सय १५ दशमलव ९२ अंकमा चढेको छ ।
यि बाहेक होटल तथा पयर्टन, बिकास बैंक, फाईनान्स, लघुुबित्त र सामुुहिक लषनी कोष समुहको सुचकहरु पनि बढेका छन् । जलविद्युुत समुहको सुचक भने आज २३ दशमलव ३३ अंकले घटेर २६ सय १४ दशमलव ३९ अंकमा झरेकोमा निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि घटेका छन् ।
आज एनआईसी एशिया लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९४ प्रतिशतले बढेर १४ सय पाँच रुपैयाँमा कारोवार हुंदा युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दशमलव ४२ प्रतिशतले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ । आज अपर तामाकोशी हाईड्रो पावर कम्पनीको सबैभन्दा बढी रकम कारोवार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ९१ रुपैयाँ अन्तिम मुल्यमा ३५ करोड ९३ लाख ९० हजार दुई सय ९७ रुपैयाँको सेयर कारोवार भएको छ ।
प्रतिक्रिया