बीएफआईएनको आईपीओ १०-१० कित्ताका दरले ५५ सय जनाले मात्र पाउने
नेपालखोज
२०७७ चैत २७ गते १३:१३

काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) ले सर्वसाधारका लागि ५५ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । जारी हुने आईपीओ १०-१० कित्ताका दरले ५५ सय जनाले मात्र पाउनेछन् ।
आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बीएफआईएनले जनाएको छ । यसको मूल्य एक सय रुपैयाँ दरको हुने बीएफआईएनले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया