काठमाडौंको वायु प्रदूषण घट्दै
नेपालखोज
२०७७ चैत २८ गते ११:५७

काठमाडौं । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ । वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौंको एक्यूआई अहिले १ सय ५२ छ । नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौँ स्थानमा छ ।
नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो । आज पनि केही सुधार देखिएको हो ।
केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो ।
विश्वव्यापी सूचकांकमा अहिले मंगोलियाको राजधानी उलानबटार शहर विश्वकै प्रदूषित शहर बनेको छ । त्यहाँ अहिलेको एक्युआई १ सय ९६ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया