बुधबार, जेठ १, २०८२

नेप्सेमा १३ समूहको कारोबार : ७ समूहको सूचक बढ्दा, ६ वटाको गिरावट

नेप्सेमा १७ अंकको वृद्धि, सात अर्ब ६१ करोडको कारोबार

नेपालखोज २०७७ चैत ३० गते १६:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७ दशमलव दुई अंकले बढेर २६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७८ अंकले बढेर चार सय ८० दशमलव २९ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय १६ वटा कम्पनीको ८० हजार नौ सय ५९ पटकको कारोबारमा एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा कुुल कारोबार रकम सात अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर ६ वटा समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ८१ अंकले बढेर १८ सय ३८ दशमलव ७६ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६३ दशमलव ७६ अंकले बढेर १३ हजार सात सय ४८ दशमलव ८० अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दशमलव ७९ अंकले बढेर १७ हजार चार सय १३ दशमलव ७१ अंकमा पुुग्दा बिकास बैंक, लघुुबित्त, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । होटल तथा पर्यटन समुहको सुचक भने आज ७५ दशमलव १९ अंकले घटेर चार हजार ५३ दशमलव २८ अंकमा झर्दा जलविद्युुत, टे«डिङ, फाईनान्स, अन्य र लगानी समुहको सुचकहरु पनि घटेका छन् ।

आज एनआईसी एशिया लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९६ प्रतिशतले बढेर १५ सय ४५ रुपैयाँमा कारोबार हुँदा साञ्जेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दशमलव ४१ प्रतिशतले घटेर चार सय ५५ रुपैयाँमा कारोबार भएको छ । आज एनआईसी एशिया बैंकको प्रतिकित्ता नौ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा २५ करोड तीन लाख ७८ हजार ७६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार मध्ये सबै भन्दा बढी हो ।

प्रतिक्रिया