स्वागत छ नयाँ वर्ष
नेपालखोज
२०७८ वैशाख १ गते १३:०१
रमेश नेपाल
आध्यात्म गुरु, जिवन विज्ञान
स्वागत छ नयाँ वर्ष
नव निर्माण लिएर आऊ
जागरणको आवश्यकता छ
जागृत जीवन लिएर आऊ
दिन दुखीको त्राण ल्याऊ
मानवताको कल्याण ल्याऊ
ध्यान ज्ञान र आचरणको
कञ्चन स्वर्ण बिहानी ल्याऊ
संसार क्षितिजमा
महाशान्तिको नयाँ संखनाद बजाऊ
स्वागत छ नयाँ वर्ष
नव निर्माण लिएर आऊ ।
सम्बन्धित
प्रतिक्रिया