मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभाव : पहाडी भू-भागमा वर्षाको सम्भावना
नेपालखोज
२०७८ वैशाख २ गते ९:५३

काठमाडौं । मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभावले आज पनि देशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलकी अवस्था रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र देशका पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया