रुरुको आईपीओ ३७ हजार ९१६ जनालाई
नेपालखोज
२०७८ वैशाख ३ गते १०:३५

काठमाडौं । रुरु जलविद्युत परियोजनाको आईपीओ करिब ३८ हजार जनालाई परेको छ । शुक्रबार बिहान बाँडफाँट भएको आईपीओ न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनाले शेयर प्राप्त गरेका छन् ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।
रुरुकाे आईपीओका लागी कुल १६ लाख ८३ हजार १२१ आवेदन परेको थियो । जसमध्ये ८ हजार ५३५ आवेदन रद्द गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया