तोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य
नेपालखोज
२०७८ वैशाख ५ गते १२:०५

काठमाडौं । गत हप्तादेखि सुनको मूल्य लगातार बढिरहेकाे छ । आज (आइतबार) पनि सुनकाे मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनकाे मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएकाे छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम रहेकाे थियो ।
आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया