बुधबार, जेठ १, २०८२

सीईडीबी हाइड्रोको २५ लाख कित्ता आईपीओ आउँदै

नेपालखोज २०७८ वैशाख ८ गते १२:३८

काठमाडौ । सिईडीबी हाईड्रो पावर कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही बैशाख १७ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २५ लाख १८ हजार दुुई सय ३० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको कुुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात एक लाख २५ हजार नौ सय ११ कित्ता साधारण सेयर सामुुहिक लगानी कोषको लागि, दुुई प्रतिसत अर्थात ५० हजार दुुई सय ६५ कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी २३ लाख ४१ हजानर नौ सय ५४ कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

अधिकृत पुंजी एक अर्ब ५० करोड एवं जारी पुंजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुुग्ने छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रर्वन्धककोरुपमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

यही बैंशाख १७ गतेबाट खुल्ला हुुने कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही बैशाख २१ गते र ढिलोमा यही बैशाख ३१ गते बन्द हुुने छ ।

प्रतिक्रिया