नेप्से ३२ दशमलव ४१ अंकले घट्यो, २१४ कम्पनीका झन्डै डेढ करोडको कारोबार

काठमाडौं । अघिल्लो दिन दुई दशमलव ६८ अंंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने उच्च अंकले घटेको छ । नेप्से आज ३२ दशमलव ४१ अंकले घटेर २६ सय ३२ दशमलव २० अंकमा पुगेको हो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेर ४७३ दशमलव ३९ अंकमा पुगेको छ । नेप्सेमा आज २१४ वटा कम्पनीहरुको ६६ हजार ४८० पटकको कारोबारमा एक करोड ३७ लाख ८७ हजार दुई सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ७७ करोड २२ लाख ५१ हजार दुई सय तीन रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढे पनि बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सुचक २४ दसमलव ९२ अंकले घटेर १८ सय नौ दसमलव ७२ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ५४ दसमलव २३ अंकले घटेर १३ हजार ६७ दसमलव ९६ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ४५ दसमलव सात अंकले घटेर १७ सय ७५ दसमलव ६३ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युत, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेका छन् ।
आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिशतले बढेर आठ सय २६ रुपैयाँमा कारोवार भएकोमा लिबर्टी इनर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १७ प्रतिसतले घटेर तीन सय ३० रुपैयाँमा कारोबार भएको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता पाँच सय ७२ रुपैयाँ अन्तिम मुल्यमा २५ करोड ३९ लाख सात हजार दुई सय ३९ रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया