मिस एलिगेन्सको ताज आस्कालाई
नेपालखोज
२०७८ वैशाख ९ गते ११:०६

काठमाडौं । तेस्रो संस्करणको मिस एलिगेन्स शीर्षक अन्तर्गतको प्रतियोगितामा आस्का खड्का शीर्ष उपाधिको ताज पहिरिएकी छिन् ।
ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा संचालन भएको प्रतियोगितामा सहभागि १३ प्रतिस्पर्धी मध्ये सुष्मिता पहारीले फस्ट रनर अप तथा पुष्पा श्रेष्ठले सेकेन्ड रनर अप स्थान हासिल गर्दा सबनम श्रेष्ठ अर्गनाइजर च्वाइस विधाको विजेताका रुपमा चयन भइन् ।
प्रतियोगितामा साम्रज्ञी राजभण्डारीलाई ब्युटी विथ ब्रेन अवार्ड प्रदान गरिएको थियो भने कृतिना भण्डारी ब्रान्ड एम्बेसडरका रुपमा चयन गरिएको थियो ।
सुगन्धा अधिकारी कोरियोग्राफर रहेको सो प्रतियोगितात्मक कार्यक्रम इम्पेरियल क्वीन इभेन्ट्सको ब्यानरमा सम्पन्न भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया