बिहीबार, असार १२, २०८२

होटल व्यवसायलाई बचाउन बजेटमार्फत् आवश्यक सम्बोधनकाे माग

नेपालखोज २०७८ वैशाख १३ गते १५:०५

काठमाडाैं । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत् आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।


उनले अहिले काेराेनाकाे दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत् विशेष सम्बोधन गर्नुपर्ने माग गरे । सोमबार पत्रकारहरुसँगकाे कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताएका छन् ।

उनले अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत् विशेष सम्बोधन गरिनुपर्ने बताए । उनले फेरीपनि लकडाउन भएकाे खण्डमा व्यवसायीहरु आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताए ।

उनले त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने बताए । उनले बजेटमार्फत् रोजगार संरक्षण कोष घोषणा गर्नपनि माग गरे । 

प्रतिक्रिया