प्रभु बैंककाे खुद नाफा ह्वात्तै बढ्याे सेयर धनी पनि मालामाल

काठमाडौं । प्रभु बैंककाे खुद नाफा ह्वात्तै बढेकाे छ । बैंकले जनाए अनुसार बैंककाे चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा भएकाे हाे । त्यस्तै सेयरकाे मूल्य पनि बढ्नाले सेयर धनी पनि मालामाल भएका छन् ।
चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.८ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी सामान्यरुपमा बढेकाे भए पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा ह्वात्तै बढेकाे बताइएकाे छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ ।
त्यसैगरी, यस साता खुद फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ ।
चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८।७६ गुणा रहेको छ ।
प्रतिशेयर नेटवर्थ हाल १५२ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रतिक्रिया