आइतबार, वैशाख १४, २०८२

‘छोरो गुन्डा बनोस्, मन्त्री खान्छ’

नेपालखोज २०७८ वैशाख १७ गते १०:३७

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदमा नयाँ सदस्य थपिएपछि अहिले कवि अर्जुन पराजुलीको एउटा कबिता पुनः चर्चामा आएको छ । ५८ वर्षिय कवि पराजुलीले यो कविता २० वर्षअघि त्यतिबेलाको नेपालको परिस्थितिलाई चित्रण गर्ने प्रयास गरेका थिए ।

जुन आज पनि उत्तिकै सान्दर्भिक बन्न पुुगेको छ । यो कविता कति वटा मन्चमा प्रस्तुुत गरियो होला कवि पराजुली भन्न सक्दैनन् तर उनी सम्झन्छन्– ‘यो कबिता वाचन गर्दा सबैले निक्कै घत मान्छन, खुसी हुन्छन्, तोली बजानउछन् र हुटिङ गर्छन् ।’

कवि पराजुलीले वान्समोर खाने कविता मध्ये प्रमुख कविता हो यो । सिस्नुपानी नेपालसँग जोडिएर सिस्नुपानी देउसीमार्फत पनि लोकपृयता कमाएका कवि पराजुलि भन्छन् ‘यो कविता मञ्चमा निकै जमेको पाएको छु ।’

अहिले फेरि यो कविता चर्चामा आउने कारण कविता पढे पछि आफै बुझिन्छ । नेपालखोजडटकम अनलाइनले कवि पराजुलीको अनुमतिमा यो कविता उनकै फेसबुक पेजबाट साभार गरेको हो ।

छोरो सकेसम्म डाक्टर होस्
पैसा बिना बिमारी छुदैँ नछोओस्
डाक्टर नभए ईन्जिनियरिङ गरोस्
गिट्टी, बालुवा र अलकत्रा चरोस्
त्यो पनि नभए सरकारी कर्मचारीमा झरोस्
घुस हसुरोस्, थैली भरोस्
त्यो पनि नभए शिक्षक बनोस्
दुईमा दुई जोड्दा पाँच हुन्छ भनोस्
त्यो पनि नभए छोरो बगली मार्न जाओस्
बगली मारेको पैसा आधीँ आफु खाओस्
आधीँ पुलिसलाई बन्डा लाओस्
त्यो पनि नभए छोरो गुन्डा बनोस्
सके छोराले मन्त्री खान्छ
नसके तपाइका बा को के जान्छ ?

कवि-अर्जुन पराजुली

प्रतिक्रिया