बुधबार, जेठ १, २०८२

नेप्से २,६११ अंकमा सीमित, २७ अर्ब ३३ करोडमा खुम्चियाे सेयर बजार

नेपालखोज २०७८ वैशाख १७ गते १६:४३

काठमाडौं । सेयर बजारमा यो साता पनि तिव्र उतारचढाव देखिएको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको भएपनि नेप्से सुचक तथा कारोबार रकम खासै बढ्न सकेन ।

सुरुवाती दिनदेखि नै घट्न थालेको नेप्से तेस्रो र पाँचौं कार्यदिन बढे पनि बाँकी कार्यदिनहरुमा भने उच्च अंकले घटेका थिए । सोही आधारमा गत साता २७ सय अंकमा चढिसकेको नेप्से यो साता घटेर २६ सय अंकमा सिमित हुन पुगेको छ भने कारोबार रकम पनि २७ अर्ब रुपैयाँमा खुम्चिएको छ ।


जस अनुसार नेप्से यो साता २६ सय ११ दसमलव १० अंकमा सिमित हुँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ६९ दसमलव दुई अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा यो साता दुुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटकको सेयर किनबेच भएको छ । जसबाट पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ ।

गत साता भने नेप्सेमा दुुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर किनबेच भएका थिए । उक्त परिमाणमा सेयर किनबेच हुँदा उक्त साता ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार एक सय ७० रुपैयाँको सेयर खरिद बिक्री भएका थिए ।


नेप्से यो साता पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि पहिलो, दोस्रो र चौथो दिन नेप्से घटेको थियो भने तेस्रो र पाँचौं दिन सामान्य अंकले बढेको थियो । सो अनुरुप पहिलो दिन ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दशमलब २२ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन २५ दशमलव ८२ अंकले बढेर दुई हजार छ सय ११ अंकमा सिमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि पहिलो दिन १२ दशमलब ५६ अंकले घटेर चार सय ६४ दशमलव पाँच अंकमा पुगेकोमा अन्तिम दिन तीन दशमलब ९१ अंकले बढेर चार सय ६९ दशमलब दुई अंकमा सिमित हुन पुगेको छ ।


अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनसीसी बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको यो साता बढी रकम कारोबार भएका छन् भने एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आदिको बढी संख्यामा सेयर कारोबार भएका छन् । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाललाईफ इन्स्योरन्स कम्पनीआदि अगाडि परेका छन् । सेयर सुचीकरणतर्फ भने यो साता समता लघुबित्त बित्तीय संस्था, मल्टीपर्पोस फिनान्स, गुुडविल फाईनान्स, सिंगटी हाईड्रो पावर कम्पनी आदिको बोनस सेयर, साधारण सेयर, हकप्रद सेयर एवं ऋणपत्र सुचीकृत भएका छन् ।

प्रतिक्रिया