शुक्रबार, पुष ४, २०८२

काठमाडौंमा रातभर झरी, वर्षाले शीतल !

नेपालखोज २०७८ वैशाख १९ गते ७:१७

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा झरी परेको छ । काठमाडौं उपत्यकामा पनि रातभर झरी परेको छ । अहिले पनि उपत्यकामा झरी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

वर्षासँगै किसानहरु बाली सप्रिनेमा खुसी छन् । काठमाडौंमा हिजो (शनिबार) साँझबाटै वर्षा भइरहेको हो । वर्षाले शीतल अनुवभ भएको छ ।

फाइल तस्बिर ।

प्रतिक्रिया