आइतबार, असार १, २०८२

मिस युनिभर्समा सहभागी हुन अंशिका अमेरिकातर्फ

नेपालखोज २०७८ वैशाख २१ गते ९:०५

काठमाडौं । ब्रह्‍माण्ड सुन्दरी अर्थात् मिस युनिभर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालका तर्फबाट सहभागिता जनाउन मिस युनिभर्स नेपाल २०२० का विजेता अंशिका शर्मा अमेरिकातर्फ प्रस्थान गरेकी छिन् ।

यही मे १६ तारिखमा अमेरिकाको फ्लोरिडास्थित हलिउडमा रहेको सेमिनल हार्ड रक एन्ड क्यासिनोमा सञ्‍चालन हुने मिस युनिभर्स २०२० को शीर्ष उपाधिका लागि नेपालकी अंशिकाले विश्वभरिका ७० भन्दा बढी मुलुकका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

अंशिकाले वर्ष २०२० डिसेम्बर महिनाको ३० तारिखमा सम्पन्न मिस युनिभर्स नेपाल २०२० को विजेताको ताज पहिरिएकी थिइन् । २४ वर्षीया अंशिकाले अपाला ज्वेलर्सले डिजाइन एवं निर्माण गरेको १५ लाख मूल्य पर्ने मिस युनिभर्स नेपाल २०२० ताज पहिरिएसँगै नगद पुरस्कार दश लाख पनि प्राप्त गरेकी हुन् ।

सोही पुरस्कार रकमबाट अंशिकाले अंशिका एजुकेसन वेलफेयर फाउन्डेसन आरम्भ गरेर सोही फाउन्डेसनबाट आफ्नो गृह जिल्ला झापाका विभिन्न चार विद्यालयमा अध्ययनरत १४ विद्यार्थीको शिक्षा, स्वास्थ्य, गास-बास, कपासको व्यवस्थापनमा सहयोग पुर्‍याइरहेकी छिन् ।

प्रतिक्रिया