धोइदिऊँ कि क्या हो समयलाई पनि ?
नेपालखोज
२०७८ वैशाख २१ गते २१:१९

मञ्जुल
धोइदिऊँ कि क्या हो समयलाई पनि ?
मिची मिची,
निचोरी निचोरी,
पखालिदिऊँ कि क्या हो खल्ल खल्ल सङ्घर्षको पानीले ?
साह्रै मैलो भयो,
विकृतिले,
कुरुपताले,
गन्हाउँछ डुङ्डुङ्ती,
हेर्न पनि घिनलाग्दो भइसक्यो,
होइन यो समयलाई पिटिदिऊँ कि क्या हो डुङ्डुङ्ती,
क्रान्तिको मुङ्ग्राले,
शोषण दमन उस्तै,
भ्रष्टाचार उस्तै,
व्यभिचार, पापाचार उस्तै,
होइन भकभक उमालिदिऊँ कि क्या हो जागृतिको खड्कुलोमा,
बलिदानको तातो रातो आगोले ?
धोइदिऊँ कि क्या हो समयलाई पनि ?
मिची मिची,
निचोरी निचोरी,
खुला चौबाटोमा राखेर मेरा सारा देशवासीले देख्ने गरी
सुस्मिता नेपालको फेसबुकबाट
सम्बन्धित
प्रतिक्रिया