मंगलबार, वैशाख १८, २०८१

सुदूरपश्चिम प्रदेश : चालु आवमा ३२ प्रतिशत खर्च

नेपालखोज २०७८ वैशाख २३ गते २१:३३

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को कूल बजेटको हालसम्म ३२ प्रतिशतमात्र रकम खर्च गरेको पाइएको छ ।

प्रदेश सरकारले चालू आवका लागि रु ३३ अर्ब ८७ करोड २१ लाख ४३ हजार बजेटमध्ये हालसम्म ३२ प्रतिशत मात्र रकम खर्च गरेको पाइएको हो । सो बजेटमा सङ्घीय सरकारको सशर्त बजेटसमेत समावेश गर्दा कूल बजेटको रु ३४ अर्ब १७ करोड २१ लाख ४३ हजार रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार मन्त्रालयले चालू आर्थिक वर्षमा हालसम्म रु ११ अर्ब १० करोड ७७ लाख ७१ हजार खर्च गरेको छ । प्रदेश सरकारले चालुतर्फ रु १५ अर्ब ९९ लाख करोड ३५ लाख ४२ हजार विनियोजन गरेकोमा हालसम्म रु पाँच अर्ब ३६ करोड ६७ लाख ८५ हजार ९३३ प्रतिशत० खर्च गरेको छ भने पुँजीगततर्फ रु १७ अर्ब ८७ करोड ८६ लाख एक हजार विनियोजन गरेकोमा हालसम्म रु पाँच अर्ब ७४ करोड नौ लाख ८६ हजार ९३२ प्रतिशत० रुपैयाँ मात्र खर्च भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी रकम प्रदेशसभा सचिवालयले खर्च गरेको छ । प्रदेशसभा सचिवालयका लागि चालू आवमा रु १५ करोड ५४ लाख ९६ हजार चालुतर्फ र रु तीन करोड ७८ लाख ५० हजार पुँजीगततर्फ गरी रु १९ करोड ३३ लाख ४६ हजार विनियोजन गरिएकोमा सचिवालयले चालुतर्फ रु आठ करोड ७५ लाख २१ हजार र पुँजीगततर्फ रु ३४ लाख आठ हजार गरी रु नौ करोड नौ लाख २९ हजार ९४७ दशमलव तीन प्रतिशत० रकम खर्च गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका लागि चालुतर्फ रु चार अर्ब ७९ करोड ८८ लाख नौ हजार र पुँजीगततर्फ रु दुई अर्ब २२ करोड ९३ लाख ७८ हजार गरी रु सात अर्ब दुई करोड ८१ लाख ८७ हजार बजेट विनियोजन गरिएकोमा हालसम्म चालुतर्फ रु एक अर्ब ९१ करोड ८० लाख ३६ हजार र पुँजीगततर्फ रु ७३ करोड ९७ लाख ८९ हजार गरी रु दुई अर्ब ६५ करोड ७८ लाख २५ हजार अर्थात् ३७ दशमलव आठ प्रतिशत रकम खर्च गरेको छ ।

चालु आवमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट खर्च भएको छ । रु एक अर्ब ५५ करोड ४६ लाख ८१ हजार चालुतर्फ र रु तीन करोड ८५ लाख ४५ हजार पुँजीगत गरी रु एक अर्ब ५९ करोड ३२ लाख २६ हजार विनियोजन गरिएकोमा हालसम्म मन्त्रालयले चालुतर्फ रु तीन करोड २० लाख ७६ हजार र पुँजीगततर्फ रु २३ लाख १० हजारसमेत गरी रु तीन करोड ४३ लाख ८६ हजार ९दुई दशमलव एक प्रतिशत० मात्र खर्च गरेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० का कारण देशैभर लकडाउन भएपछि प्रदेश सरकारको सम्पूर्ण विकास निर्माण तथा गतिविधीहरू ठप्प हुँदा बजेट खर्च हुन सकेको छैन । पहिलो र दोस्रो चौमासिकमा लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको प्रदेश सरकारलाई तेस्रो चौमासिकमा बजेट खर्च गर्न कोरोना महामारी र लकडाउनका कारण झन् कठिनाई भइरहेको बताइन्छ ।

प्रतिक्रिया