मंगलबार, मंसिर २३, २०८२

माग पूरा गर्न ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि नेपाल समूहको ‘अल्टिमेटम’

नेपालखोज २०७८ वैशाख २६ गते २०:५८

काठमाण्डौ । नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ । खनाल–नेपाल समूहले २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अध्यक्ष ओलीलाई सोमवार (भोलि) बिहान ९ बजेसम्म अन्तिम मौका दिएको हो ।

सिंहदरबारमा आज बसेको खनाल–नेपाल समूहको बैठकले ओलीले भोलि बिहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

यसअघि आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता कार्यकर्तालाई अपिल गरेका छन्।

प्रतिक्रिया