प्रदेशको नाम र राजधानी विवाद टुंग्याउन नेकपा संसदीय दलको बैठक आज बस्दै
नेपालखोज
२०७६ पुष २४ गते ७:२१
२४ पुष, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक (आज) बिहीवार बिहान ८ बजे बस्दै छ ।
प्रदेशको राजधानी र नाममा नेकपा सचिवालयले दिएको निर्देशन र निर्णयमाथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक फरक मत आएपछि बैठक (आज) बिहिबारका लागि स्थगित भएको थियो ।
पार्टी नेतृत्वले दोस्रो पटक पनि प्रदेश राजधानी हेटौंडा र नाम बाग्मती रहने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि बैठक बोलाइएको हो ।
नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले बिहीवार बिहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।
सम्बन्धित
प्रतिक्रिया