नेप्सेमा करेक्सन, सबै सूचक हरियो : २७ अंकले बढ्दा ४ अर्ब २० करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १८ दशमलव ५६ अंकले घटेको नेप्से आज सोमबार भने २७ दशमलव ४१ अंकले बढेर २६ सय ४५ दशमलव ८४ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ४ दशमलव ३५ अंकले बढेर ४७५ दशमलव १२ अंकमा पुगेको छ । नेप्सेमा आज २१८ वटा कम्पनीको ५१ हजार दुई सय ३५ पटकको कारोबारमा ७५ लाख ७९ हजार तीन कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ६१ अंकले बढेर १७ सय ८१ दशमलव ८१ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ३४६ दशमलव तीन अंकले बढेर १३ हजार चार सय ४५ दशमलव ८९ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक पनि १३७ दशमलव ८२ अंकले बढेर १७,१०१ दशमलव ७७ अंकमा पुगेको छ । यीबाहेक विकास बैंक, जलविद्युत्, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।
आज राष्ट्रिय बिमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १९ हजार दुई सय ५० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार हुँदा विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर पाँच हजार चार सय ४१ रुपैयाँमा कारोबार भएको छ । आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १४ सय ९६ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड चार लाख २७ हजार नौ सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया