फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपालखोज
२०७८ जेठ २ गते २०:२२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाको हो ।
निगमको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३, डिजेल १०६ तथा मट्टितेल ७८ रुपैयाँ पर्ने भएको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया