काठमाडौं महानगरले भन्यो- ‘असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र’
नेपालखोज
२०७८ जेठ ३ गते ७:१३

काठमाडौं महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ ।
कोरोना (कोभिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको समाचार आजको गोरखापत्र दैनिकमा छ ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जेठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश गरिएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया