ईयूद्वारा फाइजरको खोप १५ वर्ष उमेर समूहका लागि दिन स्वीकृत

काठमाडौं । युरोपियन युनियन (ईयू)ले कोरोना भाइरसविरुद्धको फाइजर-बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्म उमेर समूहका लागि दिन सकिनेगरी स्वीकृत प्रदान गरेको छ ।
इयूको औषधि नियामक निकाय (इएमए) ले कोरोना भाइरसविरुद्धको फाइजर-बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका लागि स्वीकृत गरेको जनाएको हो ।
इएमएले स्विकृत गरेसँगै अब इयुका सदस्य राष्ट्रहरुले आफ्नो देशमा के गर्ने भन्ने निर्णय गर्न सक्ने छन् । जर्मनीले बिहीबार नै उक्त खोप यस उमेर समूहका लागि स्वीकृत गरेको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपमा खोप अभियान तीव्र पारिनु पर्ने बताएसँगै इयुले यस्तो निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।
इएमएका अनुसार कम्तीमा तीन हप्ताको अन्तरालमा १२-१५ वर्षका बालबालिका तथा किशोरकिशोरीले खोपको दुई मात्रा लगाउनु पर्नेछ । फाइजरको खोप बालबालिका तथा किशोरकिशोरीमा निकै प्रभावकारी देखिएको पनि बताइएको छ ।
प्रतिक्रिया