आइतबार, असार २२, २०८२

वैकल्पिक मूल्यांकन विधिबाट एसईई गरिने

नेपालखोज २०७८ जेठ १६ गते १४:०३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।

बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौं भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेस गरेको थियो ।

प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

प्रतिक्रिया