चुरेको अत्यधिक दोहन र वातावरण विनाशविरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने

काठमाडौं । विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरेको छ । रुपन्देहीको बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलको परिसरमा आँप, रुद्राक्ष, अमला, वेल, धुपिसल्लो, कल्पिफुल लगाएत १ सय भन्दा बढी संख्यामा बृक्षारोपण गरिएको समाजले जारी विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा बोल्दै शान्ति समाजका सभापति गोविन्द खनालले सरकारद्वारा चुरे ध्वस्त गर्ने गरी ढुंगा गिटी निकासीको निर्णय नसच्याए शान्ति समाजले सत्याग्रह आन्दोलन प्रारम्भ गर्ने जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले भनेका छन्, ‘वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभूमीकरण हुने खतरा रहेको र सरकारको यो आत्मघाती कदम भएको भन्दै वातावरण प्रतिगमनको संज्ञा दिए ।’
वृक्षारोपण कार्यक्रममा केन्द्रिय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाल, आम्दा अस्पताल मेसु डा. राजेन्द्र बस्याल, पत्रकार महासंघ प्रदेश महासचिव विक्रम खड्कासहितको सहभागिता थियो ।







प्रतिक्रिया