आइतबार, वैशाख १४, २०८२

मुलुकको समृद्धिका निम्ति सामाजिक विकास जरुरी : मन्त्री गुरुङ

नेपालखोज २०७६ माघ १ गते २१:१९

१ माघ, भक्तपुर । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका निम्ति भौतिक विकासका साथै सामाजिक क्षेत्रमा समेत विकास हुनुपर्ने बताएका छन् ।

आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको औपचारिक प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले सामाजिक बिषयबस्तुलाई सञ्चार माध्यमले महत्वका साथ उठान गर्नुपर्ने बताए । नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन सञ्चार माध्यमले विगतदेखि नै उल्लेखनीय भूमिका खेलेको बताउँदै मन्त्री गुरुङले भने,‘अहिलेको २१ औं शताब्दीमा छाउ गोठमा महिलाहरु बस्नुपर्ने परम्परागत सोचमा बदलाब ल्याउनु जरुरी छ । यसको निम्ति सञ्चार माध्यमले महत्वपूर्ण खेल्न सक्दछन् ।’

सरकार सन् २०३० सम्ममा विकासशील मुलुक निर्माण गर्ने अभियानमा लागेको बताउँदै मन्त्री गुरुङले भने, ‘मुलुकको समृद्धि सबैको सरोकारको बिषय हो । अझ सञ्चार माध्यमले त मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।’

विक्रम सम्बत् २०६९ सालमा भक्तपुरबाट सुरु भएको नमस्ते ख्वप टेलिभिजन गत पौष १३ गते देशव्यापी प्रसारण अनुमति प्राप्त गरेको टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले बताए ।

प्रतिक्रिया