आइतबार, वैशाख १४, २०८२

सवा अर्बमा उखु किसानले १३ करोड मात्रै पाए

नेपालखोज २०७६ माघ ३ गते ७:१०

०३ माघ, काठमाडाैं । उद्योगीले माघ ७ भित्र सबै रकम भुक्तानी गरिसक्ने सरकारसँग सम्झौता गरे पनि सवा अर्बमध्ये उखु किसानले करिब १४ करोड रुपैयाँ मात्रै पाएका छन् । भुक्तानीको समय सकिन ५ दिन मात्रै बाँकी छ । महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले न्यून मात्रामा भुक्तानी गरे पनि अन्यले नदिएको नेपाल उखु उत्पादक महासंघले जानकारी दिएको छ ।

‘महालक्ष्मीले करिब ११ करोड २१ लाख र अन्नपूर्णले करिब २ करोड रुपैयाँ भुक्तानी गरेको छ,’ महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘अन्यको हकमा कुनै प्रगति छैन।’ महालक्ष्मीले २१ करोड ४० लाख र अन्नपूर्णले ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। यो समाचार आजकाे कान्तिपुर दैनिकमा  छ ।

प्रतिक्रिया