बिहीबार, चैत १५, २०८०

दशैका लागि दुई दिनमै २० हजार अग्रिम टिकट बुकिङ्ग

नेपालखोज २०७६ असोज ७ गते १४:०२

 

७ असोज, काठमाडौँ । यस बर्षको दशै पर्व मनाउन काठमाडौं उपत्यका छाडेर जानेहरुका लागि अग्रिम बस टिकट खुल्ला गरेको दुई दिनमा नै २० हजारले टिकट बुकिङ्ग गरेका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले अग्रिम टिकट लिएका जानकारी दिए । ।

पश्चिम तर्फ जाने सबै यात्रुलाई सहजता प्रदान होस् भन्ने उद्देश्यले व्यवस्थित लाइन प्रणालीबाट आफूहरुले अग्रिम टिकटको बुकिङ्ग सेवा प्रवाह गरिरहेको सुन्दर सुदुर पश्चिम यातायात प्रा.लि. काठमाडौं शाखा इन्चार्ज मिन पनेरुले बताए । ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले महासंघले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका सिटौलाको बताए ।

प्रतिक्रिया